पानी मात्रै पिएर प्रशासनका कमचारीको सेवा



 

दिपक बोहरा, तुलसीपुर, ४ भदौ ।

सरकारले हरेक हप्ताको एक दिन ( शनिबार) सार्बजनीक बिदा दिने गरेको छ । तर त्यो सार्बजनीक बिदालाई जिल्ला प्रशासन कार्यालय दाङले सेवाग्राहीलाई खर्चेको छ ।

अन्य समयमा ब्यस्त हुने सेवाग्राहीलाई मध्यनजर गरि साउन २ गते देखि शनिबार पनि जिल्ला प्रशासन कार्यालय दाङले सेवा दिन थालेको छ । त्यो पनि कुनै पारिश्रमिक नलिएर । शनिबार सेवा दिन थालेपछि सकारात्मक र नकारात्मक टिप्पनी पनि भए । धेरैले ओभरटाईम काम गरेको ‘ओटी’ भत्ता लिनलाई सेवा शुरु गरेको भनेर टिप्पनी पनि गर्ने गरेका छन् । तर दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले आफुहरुले कुनै पारिश्रमीक नलिएर सेवा शुरु गरेको बताए ।‘

हामीले शनिबार काम गरेको कुनै पारिश्रमीक नलिएर सेवा प्रदान गर्न लागिरहेको छौं’ उनले भने‘ कुनै पारिश्रमीक नलिने बिषयमा गृहमन्त्रालयलगायत सम्बन्धित माथिल्लो नियकामा जानकारी गराएका छौंं ।’

शनिबार पनि सेवा दिने अभ्यास दाङमा पहिलो हो । ब्यस्त कर्मचारी तथा शुक्रबार काम नसकेर बाँकी रहेको काम गर्नलाई आईतबार कुर्नु पर्ने बाध्यता अन्त्यहोस भनी कर्मचारीले शनिबार नास्ता समेत नखाएर काम गरिरहेको बताए ।‘नेपाल सरकारको एक रुपैँया पनि नखाएर हामीले काम गरिरहेका छौं ।’ प्रजिअ श्रेष्ठले भने ।

करिब ३५ जना कर्मचारीले जिल्ला प्रशासन कार्यालय दाङमा नियमित काम गर्छन् । ति कर्मचारी मध्य शनिबार ४ जना कर्मचारी खटाउने गरेको प्रजिअ श्रेष्ठले बताए । उनका अनुसार महिनामा एउटा कर्मचारीको एक पटकसम्म मात्रै शनिबार डिउटी पर्ने उनले बताए ।‘

हामीकहाँ अहिले ३५ जना कर्मचारी कार्यरत हुनु्हुन्छ’ उनले भने‘ ती मध्य एउटा शनिबार ४ जना कर्मचारी खटाईरहेका छौं, एउटा कर्मचारीको महिनामा एक पटक मात्रै शनिबार डिउटी पर्छ ।’ यसले कर्मचारीलाई त्यति मार पनि नपर्ने र सेवाग्राहीलाई सेवा दिन पनि सहज हुने उनको भनाई थियो ।

कर्मचारी आफै सक्रिय

जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत सबै कर्मचारी लगभग दाङकै हुन् । त्यसमा पनि घोराही आसपासकै हुन् । एक जना कम्प्युटर अपरेटर मात्रै सप्तरीको भएको र अन्य कर्मचारी घोराही आसपासकै भएकाले पनि सेवा शनिबार पनि सेवा प्रवाह गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।‘सबै कर्मचारी लोकल हुनुहुन्छ’ उनले भने‘उहाँहरुकै उत्साहले नै सेवा प्रवाहमा सहजता भएको छ ।’ कर्मचारीहरुकै सक्रियता र उत्साहले गर्दा सेवा शुरु गरिएको उनको भनाई छ ।

दशै स्थानीय तहका सेवा ग्राहीलाई सेवा

जिल्ला प्रशासन कार्यालय दाङको अहिलेको कार्यक्षेत्र घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिमा मात्रै हो । तर शनिबार दिईने सेवा दशवटै स्थानीय तहका नागरिकले पाउने छन् ।

ईलाका प्रशासन कार्यालय तुलसीपुरले पश्चिमको तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र ववई गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिदै आएको छ । त्यस्तै ईलाका प्रशासन कार्यालय लमहीले लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । तर शनिबार यी दशवटै स्थानीय तहका सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय दाङबाट सेवा लिन सक्ने प्रजिअ श्रेष्ठले बताए ।

 

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्