सर्पको टोकाईबाट एक बालकको मृत्यु , एक बिरामी



तुलसीपुर ,४ भदौ ।

दाङमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ, भने एक बालक घाईते भएका छन् । तुलसीपुरमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । विहान घरमै सुतिरहेको अबस्थामा सर्पले टोक्दा तुलसीपुर १२ निवासी १२ बर्षीय राजु चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आईतबार बिहान तीन बजे तिर सर्पले टोकेर गम्भीर घाईते भएका उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले बताए । उनको आईतबार बिहान १० बजे तिर मृत्यु भएको हो ।

एक बालक बिरामी

सर्पको टोकाईबाट दाङ शान्तिनगर गाउँपालिकाका वडा नम्बर २ बाघमारेका युवराज वली गम्भीर बिरामीे भएका छन् । सोमबार बिहान ११ बजेतिर उनलाई सर्पले टोकेको थियो । घरभित्रै बसिरकेको अबस्था सर्पले टोक्दा घाईते भएका १२ बर्षीय वलीको राप्ती अञ्चल अस्पतालमा उपचार पनि थप उपचारको लागि कोहोलपुर रेफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्