अपराध

पूर्वराजदूत झा प्रकरण – साेधपुछका लागि दुई जना प्रहरी नियन्त्रणमा

By थाहा अनलाइन

August 20, 2018

काठमाडौं : आफ्नै कोठामा मृत फेला परेका पूर्वराजदूत केशव झाको हत्याको आशंकामा सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।  सोमबार ८० वर्षीय झाको टाउकोमा चक्कुले हानेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

झाको शव घरमै शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान अघि बढाइएको थापाले बताए। अनुसन्धानकै क्रममा उनको घरमा काम गर्दै आएका सुरक्षा गार्ड सानु तामाङ र माली अमर लामालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

झा बबरमहलस्थित घरमा पत्नी र सहयोगीसहित बस्दै आएका थिए। झाले नेपालको परराष्ट्र क्षेत्रमा ३४ वर्ष सेवा गरेका थिए। उनी फ्रान्सका लागि नेपाली राजदूत बनेका थिए।