दुर्घटना

सर्पको टोकाईबाट एक मृत्यु , एक घाईते

By थाहा अनलाइन

August 20, 2018

दाङ ४ भदौ ।दाङमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ, भने एक बालक घाईते भएका छन् । तुलसीपुरमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । विहान घरमै सुतिरहेको अबस्थामा सर्पले टोक्दा तुलसीपुर १२ निवासी १२ बर्षीय राजु चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।आईतबार बिहान तीन बजे तिर सर्पले टोकेर गम्भीर घाईते भएका उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले बताए । उनको आईतबार बिहान १० बजे तिर मृत्यु भएको हो ।

 

एक बालक घाईते

सर्पको टोकाईबाट दाङ शान्तिनगर गाउँपालिकाका वडा नम्बर २ बाघमारेका युवराज वली गम्भीर घाईते भएका छन् । सोमबार बिहान ११ बजेतिर उनलाई सर्पले टोकेको थियो । घरभित्रै बसिरकेको अबस्था सर्पले टोक्दा घाईते भएका १२ बर्षीय वलीको राप्ती अञ्चल अस्पतालमा उपचार पनि थप उपचारको लागि कोहोलपुर रेफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।