श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ



उदयपुरः श्रीमतीलाई जबरजस्ती करणीको आरोपमा उदयपुर रौतामाई गाउँपालिका वडा २ नौले करकुसका ४५ वर्षीय दीपबहादुर राउत पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीका अनुसार श्रीमतीले आफूलाई श्रीमान्ले जबरजस्ती करणी गरेको र नावालिक छोरीलाई समेत यौन दुर्ब्यहार गरेको उजुरी दिएपछि सोमबार पक्राउ गरेको हो। सोमबार श्रीमतीले दिएको उजुरीको आधारमा रौतामाई गाउँपालिका वडा २ नौले करकुसबाट पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपी अधिकारीको भनाइ छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्