जनताले धान्न सक्ने कर लगाउनुपर्छ – प्रम



 विराटनगर, ५ भदौ . प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताउनुभयो ।
उहाँले राजश्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिनुभयो ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्