दुर्घटना

बस दुर्घटना हुँदा १ जनाको मृत्यु

By थाहा अनलाइन

August 21, 2018

 

 

दाङ ५ भाद्र । दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १४ खौसापुरवाट घोराही तर्फ आउदै गरेको रा १ ख ८१७ नम्बरको बस खौसापुरदेखी करिब तीन समय मिटर अगाडी खोलामा पल्टिदाँ एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत शिवहरीका अन्दाजी ३० बर्षका हरिकिशोर गुप्ताको रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।