मेयरदेखि पूर्व पत्रकार सम्मलाई रिपोर्टर्स क्लबको सम्मान



शरद रेग्मी

दाङ १ साउन । तुलसीपुर उपमहानगरपालिकाका नबनिर्बाचित मेयर घनश्याम पाण्डे लगाएत निर्वाचित पूर्व पत्रकारहरुलाई रिपोटर्स क्लव दाङले सम्मान गरेको छ ।
आइतवार आयोजित स्वागत तथा बधाई कार्यक्रममा पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई देशकै उत्कृष्ट र नुमुना योग्य उपमहानगरपालिका निर्माण गर्ने बताए । उनले अञ्चल अस्पताल, यातायात क्षेत्र, सामाजिक सेवा प्रवाहलाई  देशकै नमुना योग्य बनाउने आश्वासन दिए ।

त्यस्तै उनले १०० दिनमै टरिगाउँ एयरपोर्टमा विमान सञ्चालन गर्ने बताए । उपमहानगरका कर्मचारीलाई विद्युत मेसिनवाट हाजिरको व्यवस्था गरिएको र आधा घन्टाभन्दा ढिलो आउने कर्मचारीको त्यो दिनको हाजिरी नहुने बताए । तुलसीपुर उपमहानगरपालिकालाई सुशान युक्त वनाउने र भ्रष्टचार मुक्त वनाउने उनले प्रतिवद्धता जाहेर गरेका छन् । त्यस्तै उनले सबै संग हातेमालो गर्दे सहकार्यका साथ उपमहानगरका हरेक कमजोरीहरु सुधारगर्ने बताएका छन् ।

त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले तेरो मेरो नभनी दलिय स्वार्थ भन्दा माथि उठेर साझा व्यक्तिको रुपमा काम गर्न शुभकामना दिएका थिए । उपमेयर माया शर्माले आफु साझा व्यक्तिको रुपमा काम गर्ने प्रतिवद्धता जाहेर गरेकी थिइन ।

राप्ती समाचार राष्ट्रिय दैनिकका प्रकाशक तेजबहादुर कार्कीले भाषण भन्दापनि निस्चित कार्य योजना बनाएर कार्य सम्पादनमा ध्यान दिन आग्रह गरेका थिए । ‘निर्वाचनका क्रममा बाँडिएकार सपना पुरागर्नका लागि कुरा मात्रै गरेर पुग्न आजैदेखि योजनाका साथ काममा खटिनुस ।’ कार्कीले भने । त्यस अबशरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरवहादुर रावतले तुलसीपुरका सुरक्षित
तरिकाले व्यबसाय गर्ने वातावरण तयार पार्ने बताए ।  उनले तुलसीपुरका व्यबसायको हक हितका लागि निरन्तर आवाज उठाउने बताए ।

रिपार्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले तुलसीपुरका सञ्चार माध्याम, अञ्चल स्पताललगायत बिभिन्न सार्बजनीक सेवाका क्षेत्रलाई नेपालकै नमुना बनाउन सम्बन्धि क्षेत्रका व्यक्तिहरुबाट सल्लाह, सुझाब लिने गरेको समेत उनले बताए ।

रिपार्टर्स क्लबले तुलसीपरका नबनिर्बाचित मेयर पाण्डे, उपमेयर माया आचार्य, वडाका अध्यक्ष,बिरन्द्रे शाह, तुल्सीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरु, बिभीन्न वडाहरुमा निर्वाचित पूर्व पत्रकारहरु सुवाश डिसी,सुरेश श्रेष्ठ र दुजमान भण्डारी रोटरी कल्ब अफ तुल्सीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठ,रोट्रयाक्ट कल्ब तुलसीपुरका अध्यक्ष सचीन पौडेललाई सम्मान गरिएको थियो ।

क्लबका सल्लाहकार नारायणी रजौरेले स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा पत्रकार महासंघ दाङका सल्लाहकार दुर्गालाल केसीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण क्लबका सचिब बिमल गौतमले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्