घरैमा आएर धारिलो हतियार प्रहार गरी एक युवकको हत्या



ओखलढुंगा– मोलुंग गाउँपालिका वडा न. ३ का २९ वर्षीय सन्तोष कार्कीको नचिनेका मानिसको समूहले घरैमा धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । कोही नभएको अवस्थामा धारिलो हतियार प्रयोग गरेको कार्कीको हत्या भएको हो ।

मंगलबार साँझ घरको कोठामा रगतले लत्पतिएको अवस्थामा कार्कीको शव फेला परेको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माको टोली घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्कीको हरियार प्रयोग गरेर हत्या भएको अनुमान गरिएको छ । शव पोष्टमार्टम गर्न रुम्जाटार अस्पताल पठाउने तयारी भइरहेको प्रहरी जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेकाले थप तथ्य बाहिर आउन समय लाग्ने सूचना अधिकारी भट्टराईले बताउनुभयो । कार्की यही असारदेखि गाउँमा बस्दै आएका थिए । यसअघि उनी काठमाडांै बस्दै आएका थिए । स्थानीयले उनीसँग दुस्मनी भएका व्यक्ति बाहिरबाट आएर हत्या भएको हुनसक्ने बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्