स्मार्ट सिटीका लागि पूर्वाधार आवश्यक



दाङ ६ भदौ । तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट सिटीका वारेमा सरोकार वालाहरुसँग छलफल गरेको छ । तुलसीपुरलाई स्मार्ट सिटी वनाउनका लागि सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत शहरी विकास मन्त्रालयका प्रतिनिधि र सरोकारवालासँगको छलफल कार्यक्रममा वोल्ने वक्ताहरुले स्मार्ट सिटीका लागि सबैभन्दा पहिले पूर्वाधार आवश्यक रहेको वताएका थिए ।

कार्यक्रममा वोल्दै चेक गणतन्त्रका नागरिक पावेलले स्मार्ट सिटीका लागि जनता तयार हुनुपर्ने आवश्यकता रहेको वताए । उनले भने “स्मार्ट सिटीको अवधारणाका वारेमा पहिले जनतालाई वुझाउनुपर्दछ त्यसपछि मात्रै यसको अवधारणामा अगाडि वढ्दा राम्रो हुन्छ” तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्रीले जनताले अपनत्व महसुस नगर्दासम्म स्मार्ट सिटी नारामा मात्रै सिमित हुने कुरा वताए । उनले विकास र समृद्धिसँग स्मार्ट सिटीलाई जोडेर लैजानुपर्ने कुरामा जोड दिए ।


पूर्व नगरप्रमुख शंकर आचार्यले व्यवस्थित र नयाँ ढँगले तुलसीपुरको संरचना अगाडि वढाउनुपर्ने कुरामा जोड दिए । अर्का पूर्व नगर प्रमुख ढुण्डीराज लामिछानेले तुलसीपुरको आवश्यकता अनुसारको स्मार्ट सिटी वनाउनुपर्ने सुझाव दिए । “विकसित देशका स्मार्ट शहर भन्दा पनि हामीलाई कुन कुराको आवश्यकता छ भन्ने कुरामा जोडि दिनुपर्छ” लामिछानेले वताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले जनतालाई प्रविधि मार्फत सेवा दिन सकियो भने स्मार्ट सिटीको अवधारणामा अगाडि वढ्न सकिने वताए स्मार्ट सिटीका वारेमा जानकारी दिदै विज्ञ अपिल केसीले स्मार्ट सिटी एकै पटक या एकै रातमा हुन नसक्ने वताउँदै विस्तारै यसको संरचना निर्माण हुने कुरा वताए ।

तुलसीपुरलाई स्मार्ट सिटी वनाउन सकिने आधारहरु धेरै छन् हामीले सानो कुराबाट काम सुरु गर्नु आवश्यक छ ।  कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगी,राप्ती ववइ वहुमुखी क्याम्पसका अध्यक्ष मिनराज वली, नगर अपाँग सञ्जालका महासचिव देवा डाँगी , विष्णु केसी लगायतले स्मार्ट सिटीका वारेमा धारणा राखेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्