दाङका प्रहरी प्रमुख सिंह कार्यक्षमताका आधारमा एस.एस.पि.मा बढुवा



सैघाली खबर
दाङ, साउन १ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरज प्रताब सिंह कार्यक्षमताका आधारमा बढुवा हुन भएको छ । आफ्नो कार्यक्षमता उत्कृष्टरुपमा प्रर्दशन गरेको भन्दै गृहमन्त्रालयको बढुवा सिफारीस समितिले प्रमुख एसपि सिँहलाई एसएसपिमा बढुवा गरेको हो ।

भर्खरै तुलसीपुरमा भएको बहुचर्चित घटना तुलसीपुरका ब्यवसायी राजकुमार श्रेष्ठ र रणबहादुर घर्तिको अपहरण र हत्यामा संलग्न भएका अभियुक्तहरुलाई पक्राउ गर्नुका साथै स्थानीय तहको चुनाव अगावै ठुलो सख्यामा विष्पोटक पदार्थसहित हतियार वरामद दाङ प्रहरीलाई ठुलो सफलता दिलाएका सिँह अहिलेको एसएसपि वढुवामा पर्नु भएको हो । सिँहको कार्यक्षमतालाई मुल्याङ्कन गरी एसएसपिमा बढुवा गरीएको गृहमन्त्रालयले जनाएको छ ।

प्रवल जन सेवा पदकबाट सम्मानित
सरकारले जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरज प्रताब सिंहलाई प्रवल जन सेवा श्री पदक २०७३ वाट सम्मानित गरि सकेको छ । गणतन्त्र दिवशका अबसरमा राष्ट्रपति भण्डारीले जेठ १५ को पूर्व सन्ध्यानमा एसपी सिंह सहित २८३ जना व्यक्तिलाई उक्त पदकवाट सम्मान ीत गर्नु भएको थियो ।देश भरिमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरुलाई छनौट गरेर प्रवल जन सेवा पदक प्रदान गरीने भएकाले प्रहरी संगठन भित्र मध्यपश्चिममा यो पदक प्राप्त गर्ने व्यक्ति एसपी सिंह मात्र हुनु हुन्छ ।

 

 एस.पि. सिंहका काम
दाङमा आएलगतै प्रहरी प्रमुख सिंहले जुवा तास र गुन्डागर्दी नियन्त्रणमा विषेश भूमिका निर्वाह गर्नु भएको थियो । खोलाजन्य वस्तुको अवैद्य उत्खनन् नियन्त्रण, वैदेशिक रोजगारी भित्र हुँदै आएको ठगी, ढुकुटीका नाममा हुँदै आएको मनोमानी, दर्ता नगरी सञ्चालित औषधी पसल, काठ तस्कर, लागुऔषध कारोवार नियन्त्रण लगायतमा उहाले विशेष भूमिका निर्वाह गर्नु भएको थियो । एसपी सिंह प्रहरी नियमावली र आचरण विपरित काम गर्ने प्रहरीलाई पनि कारवाही गर्नु भएको थियो ।ट्रेक्टरका पाट पूर्जा चोर्नेदेखि वालुवा गिट्टी उत्खनन्मा तस्करहरु संग मिलेमतो गर्ने प्रहरी अनि डिएसपी सम्मलाई कारवाही समेत गर्दै आउनु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्