बालक हराए, खोजि गरीदिन परिवारको आग्रह



घोराही ७ भदौ।

 

घोराही उपमहानगरपालिका १५ संगम टोलका एक वालक बेपक्ता भएका छन् । गत पाँच गतेवाट वालक कुमार सेरल सम्पर्क सिवहिन भएका हुन् । घोराही वाट चार गते तुलसीपुर उपमहानगरपालिका बिजौरी साथीको घरमा गई बसेको र अर्काे दिन पाँचगतेवाट सम्पर्क बिहिन भएको पारिवारिक स्रोतले बताएको छ ।

चार फिट अग्लो, गोरो बर्णका कुमारलाई भेटाएमा ९०६२५७७५३ र ९०९८३३५११ मा खबर गरीदिन बालकका बुवा बिर बहादुर शेरल र आमा सेतुला सेरले आग्रह गर्नुभएको छ । कुमार घोराहीको पदमोदय पब्लिक उच्चमाबि कक्षा ६ मा अध्ययनरत रहेका छन् । कुमारका साथमा अर्का वालक हिक्मत पुन पनि सम्पर्क बिहिन भएको जानकारी गराइएको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्