दाङमा १० प्रतिशत बिकास बजेट फ्रिज



गिरिराज नेपाली

सैघाली खबर
दाङ,साउन १ । आर्थिक वर्ष २०७३÷७४ मा दाङमा कुल बजेटको १० प्रतिशत विकास बजेट फ्रिज भएको छ । ०७३÷७४ मा १४ अर्व ५१ करोड २ लाख ३२ हजार ९ सय ५१ रुपैया रकम विनियोजन गरिएको थियो । उक्त रकम मध्ये १३ अर्ब , २ करोड ५५ लाख ३८ हजार ,५ सय ७८ रुपैयामा खर्च भएको जाईएको छ । जस मध्य ८९ दशमलव ८० प्रतिशत मात्रै विकास वजेट खर्च भएको हो ।

बाकी १० प्रतिशत अर्थात १ अर्व ४८ करोड ७२ लाख ९४ हजार ३ सय ७२ रुपैया फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले जनाएको छ । ‘ समयमा विकास लागि अख्तियारी भएका रकमहरु खर्च हुन नसक्दा वर्षेनी १ देखी २ अर्व रुपैया फ्रिज भई जाने गरेको कोष नियन्त्रक सुकदेव प्रसाद बास्कोटाले वताउनुभयो छ । ’ प्रगतीका हिसावले हेर्ने हो भने अन्य क्षेत्रमा तुलनामा ८९ .८० प्रतिशत विकास वजेट खर्च हुन निकै राम्रो हो । तर जुन हिसावमा योजनाहरु छनौट गरी आवयश्क वजेट विनियोजन गरिएको थियो । त्यो हिसावले खर्च गर्न नसक्दा वर्षेनी अर्वाै रुपैया खर्च भई जाने गरेको छ  बास्कोटाले भन्नुभयो .जसमा आर्थिक वर्ष ०७३÷७४ मा चालुगत तर्फ ६ अरव , ४१ करोड , ४३ लाख , १८ हजार , ९ सय ९९ रुपैया मध्ये ५ अरव , ८१ करोड , ३ लाख , २७ हजार रुपैया अर्थात ९०.६० प्रतिशत रकम खर्च भएको छ । भने पुँजीगत तर्फ ८ अर्व ९ करोड , ९४ लाख , १४ हजार रुपैया मध्ये ७ अर्व २१ करोड , ५२ लाख ११ हजार अर्थात ८९ प्रतिशत रमक खर्च भएको हो । दाङमा बास्कोटाका अनुसार जिल्लामा यस वर्ष पनि पुँजीगत भन्दा चालुगत रकम वढि खर्च भएको जानकारी दिए । जसमा १ . ४० प्रतिशत रकम वढि खर्च भएको जनाएको छ ।


चालु आर्थिक वर्ष ०७३÷७४मा जिल्लामा सवैभन्दा वढि रकम सडक डिभिजन कार्यालयको रकम फ्रिज भएको छ । सडक डिभिजन कार्यालय दाङका कुल विनियोजित वजेट १ अर्व ६ करोड ७४ हजार ७ हजार मध्ये १ अवर , ४४ करोड , ६ लाख , ११ हजार मात्रै खर्च गरेकोे छ । भने वाँकी ४१ करोड रुपैया फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । त्यस्तै जिल्ला समन्वय समिति दाङको चालुगत तथा पुँजीगत तर्फको दुवै शिर्षकमा कसल विनियोजित वजेट १ अरव ल ३७ करोड , ७३ लाख , ११ हजार ५ सय मध्ये २२ करोड रुपैया फ्रिज भएको छ । निर्माण कार्यमा ढिलासुस्तीले विनियोजित रकम समयमा निकासा गर्न नसक्दा जिल्लाका दुई विकासे अड्डाको मोटो रकम फ्रिज भई गएको बास्कोटाको भनाई छ । यस वर्ष दाङमा सिचाई तथा खानेपानी क्षेत्रमा कम रकम फ्रिज भई गएको उहाँको भनाई छ । सिचाई विकास डिभिजन तुलसीपुरको कुल विनियोजित वजेट ५१ करोड ४२ लाख , ४५ हजार मध्ये ४४ करोड ८६ लाख , ९४ हजार खर्च भएको छ । भने वाँकी ६ लाख रुपैया मात्रै फ्रिज भएको बास्कोटाले जानकारी दिनुभयो । त्यस्तै यस वर्ष सवै भन्दा वढि मध्य पहाडीलोक मार्गले रकम खर्च गरेको छ । कुल २ अरव ९८ करोड , ५० लाख मध्ये २ अरव , ९८ लाख , ४७ हजार रुपैया खर्च गरेको बास्कोटाले जानकारी दिए । उनले भने उत्कृष्ट्रता प्रगती संगै मध्य पहाडी लोकमार्गले रकम खर्च निकासा पाएको उहाँको भनाई छ ।
त्यस्तै प्रमुख बास्कोटाका अनुसार आथिर्क वर्षको अन्तिम साता दैनिक १५ देखी २२ लाख सम्मको दैनिक भुक्तानी निकासा हुने गरेको जानकारी दिए । उनले भने असारे विकासको परम्पराका अनुसार २५ प्रतिशत रकम अन्तिम सातामा रकम निकासा पाएको जानकारी दिए । उनले भने –‘ विकासका लागि दाङ फष्टाउदै छ । , तर सोचे जस्तो रकम वर्षेनी खर्च हुन सकेको छैन । यस विषयमा दाङवासीले विकासका लागि सकारात्मक सोच जागरुक गराउनु पर्ने वेला आएको छ । विकासका लागि राज्यले वर्षेनी जिल्ला लाई पुग वजेट विनियोजन गरेको हुन्छ । तर उक्त रकम लाई समयमा सही काम खर्च गर्न सकिरहेका छैनौ । जसका कारण विकास पनि विचमै रोकिरहेका छन । तर विकासका लागि नागरिक आफै सचेत हुने हो भने राज्यले दिएको रकमले दाङलाई सधै अपुग हुने उनको भनाई छ ।
बास्कोटा अनुसार जिल्लामा गत वर्ष जिल्लामा ९१ प्रतिशत वजेट खर्च भएता पनि यस वर्ष ८९ प्रतिशत वजेट मात्रै खर्च गर्न सकिएको उनले वताए । उनले भने गत वर्षको तुलनामा २ प्रतिशत रकम यस वर्ष कम खर्च भएको छ । गत वर्ष ८ अर्व ७५ करोड , ३५ लाख , ५२ हजार , ७ सय ९४ रुपैया मध्ये ७ अर्व ९५ करोड ९३ लाख , ७ सय ६३ रुपैया खर्च भएकोथियो । भने ७९ करोड ४२ लाख ५२ हजार , ३६ रुपैया मात्रै फ्रिज भएको थियो । तर यस वर्ष भने १ अर्व ४८ करोड ७२ लाख ९४ हजार ३ सय ७२ रुपैया फ्रिज भएको उनले वताए । उनले भने गत ९४ .३४ प्रतिशत चालुृगत र ८७ . ८ प्रतिशत रकम खर्च भएको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्