१३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डमा प्रहरीले अवास्तविक ब्यक्ति सार्वजनिक गरेको भन्दै मंगलबार सदरमुकाम महेन्द्रनगरबाट सुरु भएको आन्दोलनले झनै उग्र रुप लिन थालेको छ।
बिहीबार कञ्चनपुरका अन्य स्थानीय तहमा पनि स्वतःस्फूर्त रुपमा आन्दोलन चर्किँदै गएको छ। बिहान ७ बजेदेखि नै आन्दोलनकारीहरु सडकमा जम्मा भएर नारबाजी गरिरहेका छन् भने चोकहरुमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने भाँसी, सिसैया, दैजी लगायतका स्थानमा टायर बालेको मुस्लो देख्न सकिन्छ।
यसैबीच कञ्चनपुरमा आन्दोलन चर्कंदै गएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। कैलालीबाट पनि थप सुरक्षाकर्मी कञ्चनपुर पठाएको स्थानीय प्रशासनले जनाएको छ।
आन्दोलनका कारण कञ्चनपुरमा बजार, शिक्षण संस्था यातायात ठप्प छन्। महेन्द्रनगरबाट जिल्ला भित्र वा बाहिर चलने कुनै पनि सवारी साधन चलन सकेका छैनन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।