ट्राफिक प्रहरी कार्यालय तुलसीपुरद्धारा ४७ लाख राजश्व सँकलन



सैघाली खबर
दाङ,१ साउन । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले ट्राफिक नियम पालना नगरी सञ्चलन भएका ८ हजार ४ सय १६ वटा सवारी साधनलाई कारवाही गरेको जनाएको छ । सवारी कार्बाही वाट ४७ लाख बढि राजस्व सँकलन गरेको बताएको छ । गत साउन महिना देखी ०७४ असार सम्मको तथ्याङकमा विभिन्न सवारी साधनहरुलाई कारवाही गरी उनीहरुबाट ४७ लाख ३८ हजार ५ सय राजस्व संकलन गरीएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख देव बहादुर खत्रीले जानकारी दिनु भयो ।उहाका अनुसार ट्राफिक नियम पालना नगर्ने ९ सय ६३ वटा वस बाट ५ लाख ३९ हजार ५ सय ७ सय ३३ ट्रकवाट ४ लाख ९ हजार, १५सय ७२ वटा जिप तथा कारबाट ८ लाख ८२ हजार ५ सय, १ हजार ७ सय ६ वटा टेक्टरबाट ९ लाख ४५ हजार ५ सय, ३ हजार ४ सय ४२ वटा मोटरसाईकलबाट २९ लाख ६२ हजार राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्ष २०७२/०७३ मा २३ लाख ६३ हजार १ सय मात्र राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष राजस्व दोब्वरले बृद्धि भएको छ । कारवाहीमा पर्नेहरुमा सवै भन्दा वढि मोटरसाईकल रहेको र सवै भन्दा कम ट्रकहरु कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्