कल्भर्ट भत्किएको एक बर्षपछि टेण्डर



दाङ ,७ भदौ । घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत वडा नम्वर ६ हात्तिखौवामा कल्भर्ट निर्माणका लागि टेण्डर आव्ह्वान गरिएको छ । कल्भर्ट भत्किएको करिब १ वर्षपछि टेण्डर आव्ह्वान गरिएको डिभिजन सडक कार्यालय दाङका प्रमुख वद्रीप्रसाद शर्माले जानकारी दिए । उनले टेण्डरको प्रक्रिया पुरा हुनासाथ बाटोमा कल्भर्ट निर्माणको काम अगाडि वढाइने वताए ।

 

“टेण्डरको प्रक्रिया पुरा भएपछि तत्काल हामीले काम सुरु गर्छाै” शर्माले वताए । उनले टेण्डरको सम्पूर्ण प्रक्रिया दशै अगाडि सुरु गरेर तत्काल काम अगाडि वढाइने जानकारी समेत दिए । गतवर्ष आएको बाढीले कल्भर्ट वगाउँदा तुलसीपुर उपमहानगरपालिकाको पहलमा अस्थायी रुपमा कल्भर्ट निर्माण गरिएको थियो । “केन्द्रको मातहतमा भएकाले हामीले निरन्तर दवाव दिएपछि मात्रै निर्माण प्रक्रिया अगाडि वढने भएको हो ” नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

उनले उपमहानगरपालिकाको खवरदारीका कारण निर्माण कार्य अगाडि वढ्न सकेको जिकिर गरे । कल्भर्ट निर्माण नहुँदा तुलसीपुर उपमहानगरपालिकाप्रति जनताको आलोचना वढ्दै गएपछि नगरप्रमुख पाण्डेले पछिल्लो समय पहलकदमी लिएर निर्माणको काम अगाडि वढाउन दवाव दिएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्