प्रकाण्ड पुनः पक्राउ



काठमाडौं ७ भदौ  । विप्लव समूहका प्रवक्ता खड्गबहादुर बिक (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।बिहीबार सर्वोच्च अदालतले उनलाई छाड्न आदेश दिएलगत्तै उनलाई पक्राउ गरिएको हो ।भोजपुरमा भएको बम विष्फोटको घटना पनि उनी संलग्न भएकाले पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले बताए ।

 

ती अधिकारीका अनुसार प्रकाण्डलाई बिहीबारै भोजपुर लगिनेछ ।सअघि चन्दा असुलीको आरोपमा २३ साउनमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । लगत्तै, प्रहरीले काभ्रेमा रहेको मुद्दामा पक्राउ गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्