मुख्य समाचार

हावा हुरीले मकैवाली नष्ट

By थाहा अनलाइन

July 16, 2017

सैघाली खबर दाङ १ साउन तुलसीपुरका किसानहरुले लगाएको मकैवाली हावाहुरीले ढालेपछि किसानहरु चिन्तित भएका छन् । गएराति आएको हावाहुरीले तुलसीपुर ४ मजुवाका किसानहरुले लगाएको मकै बालि नष्ट गरेपछि त्यहाँका किसानहरु चिन्तित बनेका हुन ।

धानचौर गर्नलागेका मकैवालि हावाले सवै ढालेको किसान अम्मर गिरीले बताउनुभयो । त्यहाँका किसानहरुको २० विगाह जमिनमा लगाएको मकै वालि सवै ढलेको किसानहरुले बताएका छन् ।त्यसबाट करिव १० लाख बरावरको क्षति भएको उनीहरुको भनाई छ । हावा हुरीका कारण यस बर्ष पश्चिम दाङका मकै उत्पादनमाकमी आउने देखिएको छ ।