कोरियन भाषाको सीबीटी परीक्षा हुँदै, भाषा परीक्षा पास गरेकालाई रोजगार आवेदन खुुल्यो



काठमाडौँ–दोश्रो चरणमा कोरिया जानेहरुको सीबीटी परीक्षा शुुक्रबारबाट सुरु भएको छ । पहिले नै कोरिया गएर फर्किएकाहरु फेरि जानका लागि कम्प्युटरबाटै परीक्षा दिन पाउने छन् ।

३ हजार ३ सय ४ जना परीक्षा परीक्षामा सहभागी हुने र यो परीक्षा एक महिनासम्म चल्ने इपीएस कोरिया शाखाले जनाएको छ ।
अहिले पहिलो चरणको परीक्षा भैरहेको छ । परीक्षा चार चरणमा हुनेछ । पहिलो चरणको बिहान ९ बजेबाट, दोस्रो साढे १० बजेबाट, तेस्रो १ बजेबाट र चौथो चरणको साढे २ बजेबाट सुरु हुने छ ।

परीक्षामा चिट चोरेमा तीन वर्षसम्म भाषा परीक्षामा सहभागी हुन नदिइने ईपीएस शाखाले जनाएको छ ।

दक्षिण कोरियाले ईपीएस अन्तर्गत काम गरी वैधानिक अवस्थामै फर्केका श्रमिकलाई पुनः कोरियामा काम गर्ने अवसर प्रदान कम्प्युुटरबाटै परीक्षा दिने व्यवस्था मिलाएको छ ।

शुुक्रबार बाटै भाषा परीक्षा उत्तीर्ण गरेकाले पनि रोजगार आवेदन फारम भर्न पाउने भएका छन् । २०१८ को भाषा परीक्षा उत्तीर्ण गरेर स्वास्थ्य परीक्षण गराएकाहरुका लागि रोजगार आवेन फारम खुुल्ला गरिएको शाखाले जनाएको छ ।

यो वर्ष ७ हजार ९ सय ९८ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्