काठमाडौं, ८ भदौ । महेन्द्रनगरको अवस्था सामान्य बन्दै गएपछि शुक्रबार बिहान ५ बजेबाट कर्फ्यू हटाइएको छ । निर्मला पन्त हत्या प्रकरणमा स्थानीयको आन्दोलन नियन्त्रण बाहिर गएपछि महेन्द्रनगरमा बिहिबार लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हटाएको हाे ।
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणबारे छानबिन गर्न माग गर्दे केही दिन यता आन्दोलन गरिरहेका छन् ।
बिहिबार भएको प्रदर्शनमा प्रहरीले चलाएको थियो भने गोली लागेर ४ जना आन्दोलनकारी घाइते भएका थिए । आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसोबाट अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।
प्रर्दशनकारी माथि गोली चलेपछि सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमारबहादुर खड्का, कञ्चनपुरका एसपी डिल्लीराज विष्ट र डिएसपी ज्ञान बहादुर क्षेत्रीलाई हटाएको छ ।
उनीहरुको ठाउँमा गृह मन्त्रालयले सिडिओमा तारानाथ अधिकारी र प्रहरी प्रमुखमा कुबेर कठायतलाई पठाइएको छ । भने डीएसपी ज्ञानबहादुर क्षेत्रीको ठाउँमा कृष्णराज ओझालाई पठाइएको छ ।
यस्तै गृहमन्त्रालयले बिहिबार घटनाबारे छानबिन गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको हो । भने प्रर्दशनकारीसँग वार्ताको तयारी गरेको छ ।नया पेज
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।