प्युठानमा विङ्गर दुर्घटना- ४ जना गम्भीर



प्युठान ।  जिल्लाको बाग्दुला देखि दाङको भालुवाङ तर्फ जाँदै गरेको भे १ ज ८४३ नंम्बरको विङ्गर आज बिहान सरुमारानी गाउपालिका–४ बड्डडाडा नजिक दुर्घटना हुँदा चालक सहित ४ यात्रु गम्भिर घाइते भएका छन् ।

दर्भान-बड्डडाडा सडकखण्डको रातामाटामा विङ्गर दुर्घटना भएको हो। दुर्घटनामा विङ्गर चालक देउखुरीको राप्ती गाउपालिका २ का ३० बर्षिया मीन बहादुर नेपाली, माण्डवि-३ का ३५ बर्षिया मीन बहादुर खनाल, मरण्ठाना प्युठानका पुर्ण बहादुर थापा र तुलसीपुर उपमहानगरपालिकाका ३४ बर्षिया खिम बहादुर बिक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

घाईते चारै जनाको दाङको भालुवाङमा उपचार भैरहेको उनले बताए। दुर्घटनाग्रस्त विङ्गरमा १४ जना यात्रु सवार रहेका थिए। प्रहरीका अनुसार ओरालो र घुम्टी बाटोमा तिब्र गतिका कारण सो विङ्गर दुर्घटनामा परेको हो ।

गम्भीर घाईते चार जनालाई भालुवाङमा प्राथमिक उपचारपछि भैरहवा मेडिकल कलेज रुपन्देहीमा रिफर गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्