दुईसूत्रीय माग पूरा नभए साउन ९ देखि सत्याग्रह थाल्ने डा केसीको चेतावनी



सैघाली खबर
साउन २, २०७४ काठमाडौं

 


डा गोविन्द केसीले आफ्नो दुईसूत्रीय माग पूरा नभए साउन ९ अपराहन ४ बजेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्। । चिकित्सा शिक्षा र सेवा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै असार ३१ सम्मको अल्टिमेटम दिएका केसीले उक्त अवधिमा पनि माग पूरा नभएको भन्दै आफू फेरि सत्याग्रह गर्न बाध्य भएको बताए। उनले पछिल्लोपटक माथेमा प्रतिवेदन र आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने र चिकित्सा शिक्षा क्षेत्रमा भइरहेका अनियमितता रोक्न सरकार र सम्बद्घ निकायलाई तत्काल ६ वटा काम गर्नुपर्ने दुईसूत्रीय माग अघि सारेका छन्। । चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम मा डिनको सिफारिसअनुसार तत्काल सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नसमेत उनले माग गरेका छन्। । आफूसित भएको सम्झौताअनुसार आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषद्बाट पुनस् आईओएममा फिर्ता गर्नुपर्ने मागसमेत रहेको छ । सरकारी निर्देशन र अदालतको आदेश नटेर्ने मेडिकल कलेजहरूको सम्बन्धन तत्काल खारेज गर्नुपर्नेसमेत डा केसीको माग छ । चिकित्सा शिक्षा आयोग नबनेसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै डा केसीले सबै निजी कलेजमा एमडीरएमएस र एमडीएस तहको शुल्क चालू शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयसरह कायम गर्न माग गरेका छन्। । काठमाडौं विश्वविद्यालयले एमडीरएमएस र एमडीएस तहको शुल्क २२ लाख रुपैयाँ तोकेको छ। आईओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यस्त बनाउने, अधिकार खोस्ने र नाजायज रूपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने मागसमेत केसीको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्