मुख्य समाचार

स्थानीय तहमा पुग्यो ७५ अर्ब बजेट

By थाहा अनलाइन

July 17, 2017

सैघाली खबर साउन २, २०७४ काठमाडौं

 

 

 

अर्थ मन्त्रालयले स्थानीय तहका लागि विनियोजन गरेको बजेटमध्ये ७५ अर्ब रुपैयाँ सम्बन्धित तहमा पुगेको छ। आइतबार महालेखा नियन्त्रकको कार्यालयले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई स्थानीय तहको सञ्चित कोषमा रकम हस्तान्तरण गर्न निर्देशन दिएको अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले बताए। स्थानीय तहलाई निशर्त र सशर्त अनुदानबापत छुट्याइएको २ खर्ब रुपैयाँ सम्बन्धित स्थानीय तहमा दिने निर्देशन गएको छु, उनले भने, अधिकांश स्थानीय तहको सञ्चित कोषमा आजै रकम जम्मा भइसक्यो, यदि भइसकेको रहेनछ भने पनि एकरदुई दिनमै जम्मा भइसक्छु । नेपालमा ७४४ स्थानीय तह छन्। ती स्थानीय तहको खाता यसअघि नै खुलेर केही अनुदान रकमसमेत हस्तान्तरण भइसकेकाले अहिले अनुदान पठाउन समस्या नभएको भण्डारीले बताए।