“ स्थानीय परिकारहरुको स्वाद लिन राम्री स्थित सीतल होमस्टेमा  आउनुस”– संचालक द्रोण आचार्य



बिष्णुकुमार देवकोटा

भदौ ७
स्थानीय परिकारहरुको स्वाद पस्कदै संचालनमा आएको दाङ तुलसिपुर उपमहानगरपालिका वडा नं ३ राम्री स्थित सितल होमस्टेका संचालक द्रोण आचार्यले आग्रह गर्नुभएको छ ।
ढिंढो, लोकल कुखुराको परिकार, बधिया भाल, सिन्की, तामा, कपुरकोटाको आलु जस्ता स्थानीय परिकारहरु गृहकै आतिथ्यता प्रदान गर्ने उद्देस्यले करीब ३८ लाख को व्यक्तिगत लगानिमा आएको होमस्टे मा देशैभरीबाट पाहुनाहरु आउनेगरेको प्रोपराइटर आचार्यले जानकारी दिनुभयो । “ सीगापुर भ्रमणका बेला देखेको आधुनिक होमस्टेको अबधारनामा संरचना तयार गरीएको छ ” आचार्यले भन्नुभयो । सामान्य भन्दा सामान्य पाहुनाहरुलाई लक्षित एकदिन एकरातको लागि खान र बस्न समेतगरी जम्मा १ हजार रुपैयाँको प्याकेज सुर गरिएको आचार्यले जानकारी दिनुभयो । सामान्य ४ /५ लाखरुपैयाँको लगानी बाट पनि व्यवसाय सुरु गर्न सकिने आचार्यले बताउनुभयो ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्