चुनावी समिक्षा गर्न माओवादी केन्द्रको विस्तारित बैठक बस्दै



सैघाली खबर

श्रावण २

 

 

 

 

माओवादी केन्द्रको विस्तारित बैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचनको समीक्षा र मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले आज र केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ । बैठकमा ७५ वटै जिल्ला समितिका इन्चार्ज वा अध्यक्षको सहभागिता रहनेछ । उहाँहरुले आफ्नो जिल्लाको समग्र अवस्थाका बारेका पार्टी नेतृत्वलाई जानकारी गराउने र आगामी दिनमा कस्तो रणनीतिका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेपछि बस्ने बैठकमा पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसारको नतिजा प्राप्त गर्न नसक्नुका कारणलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै प्रदेश नं २ को स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको रणनीतिका विषयमा समेत छलफल हुने उहाँको भनाइ छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा योजना र कार्यक्रमका हिसाबले गाउँगाउँमा सिंहदरबार भन्ने नारा अगाडि सारे पनि परिणाम सोचेअनुसार नआएको भन्दै त्यसको गहिरिएर समीक्षा गर्ने जनाएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने र जिल्ला इन्चार्जले जिल्लागत प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्