दुर्घटना

दाङको यातायात गएराति देखि बन्द

By थाहा अनलाइन

August 25, 2018

 

दाङ,९ भदौ । गएराति देखि परेको अबिरल बर्षाका कारण कारण दाङको यातायात सेवा अबरुद्ध भएको छ । जसका कारण लामो तथा छोटो दुरीका सबै यातायाताका सेवा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्लाको घोराही तुलसीपुर, घोराही लमही सडक खण्ड बन्द अबस्थामा छ ।

 

अहिले बबई नदी, सिस्ने खोला,कटुवाखोला, सेवार खोला, गुर्जेखोला, संक्राम खोला, गुहार खोलामा पानीको सतह अत्याधिक बढेको प्रहरीले जनाएको छ ।घोराही, तुलसीपुर लमहीको यात्रा गर्दा यात्रुलाई साबधानी आपनाउन समेत प्रहरीले आग्रह गरेको छ ।