सुनचाँदी व्यवसायीको आन्दोलन फिर्ता



 

दाङ ९ भदौ । दाङका नेपाल सुनचाँदी ब्यबसायीले आन्दोलन फिर्ता भएको छ । चाडपर्वको समयमा ग्राहकलाई मर्कापर्ने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको नेपाल सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष विनोदकुमार विश्वकर्माले जानकारी दिनुभयो । भोली आइतवार देखि व्यवसाय संचालन हुने अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । माग अनुसारको सरकारले ब्यापारीहरुलाई सुन उपलब्ध नगराएको बिरोधमा शुक्रवार देखि व्यावसायीले आफ्नो व्यवसाय बन्द गरेका हुन ।

 

व्यवसायले दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ समक्ष ज्ञापनपत्र बुझाउँदै ब्यबसायीको समस्या सम्बोधन हुने आस्वासन पस्चात आन्दोलन फिर्ता लिएका विश्वकार्मले बताउँनुभयो । । उनीहरुले शुक्रवारदेखि आईतवार सम्म तीन पसल गर्ने निर्णय गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्