प्रधानन्यायाधीशमा प्रस्तावित पराजुलीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दै



सैघाली खबर

श्रावण २

 

 

प्रधानन्यायाधीशमा प्रस्तावित गोपाल पराजुलीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दै हुनुहुन्छ । हिजो उहाँको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ । हिजो बसेको समिति बैठकले पराजुलीको सुनुवाइ लगत्तै नाम सर्वसम्मतले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन । संसदीय सुनुवाइ भइसकेकाले संवैधानिक परिषद्ले पराजुलीको नाम राष्ट्रपतिसमक्ष पठाइसकेको छ । पराजुलीले आज बिहान ११ बजेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशको शपथ लिने र पदभार ग्रहण गर्ने तयारी छ । परिषद्ले पठाएको पत्र प्राप्त भएपछि राष्ट्रपतिले पराजुलीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शपथ खुवाउने संवैधानिक प्रावधान छ । कानुन व्यवसायीका रूपमा लामो समय काम गरेपछि १८ कात्तिक ०४८ देखि पराजुली पुनरावेदन अदालतको न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका हुन् । तीन वर्षअघि उनी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनु भएको थियो । अब आगामी १६ वैशाखसम्म प्रधानन्यायाधीश रहनेछन् । त्यसपछि भने उहाँले ६५ वर्षे उमेरहदका कारण अवकाश पाउनुहुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्