कञ्चनपुर बलात्कार प्रकरणमा तीन प्रहरी अधिकारीलाई विभागीय कारबाहीको तयारी



काठमाडौंः कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा खोजबिन र दोषीलाई कारबाही गर्न नसकेको आरोपमा तीन जना प्रहरी अधिकारीलाई विभागीय कारबाहीको तयारी भएको छ। गृह मन्त्रालयले कञ्चनपुरका एसपी, डिएसपी र मुद्दा फाँटका कर्मचारीलाई कारबाहीको तयारी गरेको हो।

घटनामा शंकास्पद भनिएका एसपीका छोरा र मेयरका भतिजलाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने तयारी गरेको छ। कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी  र प्रमुख जिल्ला अधिकारीलाई यस अघि नै गृहले फिर्ता बोलाइसकेको छ। उनीहरुसँग समेत गृहले कञ्चनपुर घटनाका विषयमा बयान लिने तयारी गरेको छ।
thahakhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्