कमैया मुक्तिको १७ वर्ष



सैघाली खबर  

श्रावण २

 

कमैया मुक्त भएको १७ वर्ष पुगेको छ । तत्कालिन सरकारले २०५७ साउन २ गते कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका बन्धुवा मजदुरको रुपमा काम गर्न बाध्य कमैयाहरुलाई मुक्त भएको घोषणा गरेको थियो । त्यही दिनको संझनामा मुक्त कमैयाहरुले आज २ गते मुक्ति दिवस मनाउने गरेका छन् । तर मुक्ति दिवस मनाइरहे पनि अझै पुनस्थापना हुन नसक्दा भने समस्या नै रहेको बताउँछन् । कमैया मुक्तिपछि हरेक सरकार तथा जिल्लास्तरका राजनीतिक दलहरुले पनि कमैया पुनस्थापनाको आश्वासन दिए पनि अभै थुपै्र कमैया पुनस्थापना हुन नसकेको मुक्त कमैया समाज कैलालीका अध्यक्ष पशुपति चौधरीले बताउनुभयो । पुनःस्थापना हुन बाँकी रहेका र छुटेका मुक्त कमैयाहरुको तत्काल लगत लिएर पुनःस्थापना गरिनुपर्नेमा मुक्त कमैयाहरुले जोड दिदैं आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्