दुर्घटना

दाङमा एक महिला मृत अबस्थामा फेला

By थाहा अनलाइन

August 25, 2018

ओमप्रकाश गुप्ता

 

दाङ ९ भदौ/ देउखुरीको राप्ती गाउँपालिका ५ पहरुवा स्थित दोलाइखोला किनारमा एक महिलाको शव फेला परेको छ । शवको पहिचान भने अझै खुल्न सकेको छैन । आज दिउसो दोलाइखोला नजिक शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए ।

 

आज विहान आएको भलले उक्त शवलाई बगाएर ल्याएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । शव राप्ती गाउँपालिका ४ निवासी भएपनि नाम भने खुल्न सकेको छैन ।