आज गाईजात्रा पर्व



दाङ, १० भदौ ।नेवार समुदायले परम्परागत रुपमा मनाउदै आएको गाईजात्रा दाङमा धुमधामका साथ मनाईदै छ ।

वर्ष भरी नेवार समुदायमा दिवंगत भएकाहरुको घर घरवाट मृत आत्माको चिर शान्तिको कामना गर्दै सम्झना स्वरुप गाईजात्रा निकाल्ने प्रचलन रही आएको छ ।राजा प्रताप मल्लले आफ्नो छोराको मृत्यू पछि भावविभ्वल रानीलाई मनाउन यस प्रकारको जात्रा निकाल्ने प्रचलन शुरु गरेको वताईएको छ । त्यस वेला देखी निरन्तर दाङमा गाईजात्रा निकाल्ने परम्परा रहीआएको नेवार सेवा समिति, दाङका अध्यक्ष धु्रवकुमार श्रेष्ठले वताउनु भयो ।

यस वर्ष दाङको घोराहीमा ६ घरवाट गाईजात्रा निकाल्ने तयारी गरिएको छ । सवै घरवाट निकालिएको जात्रा घोराही स्थीत भिमसेन मन्दिरमा भेला भएर आज पहिलो दिन भरतपुर क्षेत्र र भोली वजार क्षेत्रको परिक्रमा गर्ने समितिले जनाएको छ । त्यसो त वर्षै भरी राजनैतिक गाइजात्रा भैरहने गरे पनि आज र भोलीको दिनलाई विषेश रुपमा हेर्न प्रचलन छ । त्यसै गरी हास्य व्यंग्यात्म रुपमा प्रस्तुत गरिने रोपाई जात्रा मंगलवार मनाईदै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्