पाकिस्तानी शान्ति टोली नेपालमा



शान्तिको सन्देश फैलाउन संसारको विभिन्न देशमा पुगिरहेका पाकिस्तानी प्रतिनिधिहरु नेपाल आएका छन् ।

संसार जात, रङ, धर्म, सम्प्रदायको नाममा द्वन्द्वमा रुमलिरहेका बेला शान्ती नै समयको मुख्य माग रहेको भन्दै संस्थाका अध्यक्ष मुहम्मद अह्मेदले युवाले शान्ति र सद्भावलाई प्रवद्र्धन गर्न ठूलो भूमिका खेल्न सक्ने बताउनुभएको हो ।

ग्लोबल पिस चेनका निर्देशक कम्रानजाफरले शान्ती र सद्भावको अभियानमा सहयोग गर्न अनुरोधसमेत गर्नुभएको छ । पाकिस्तानी प्रतिनिधिहरुले पोखरा, नवलपरासी र काठमाडौंमा विभिन्न कार्यक्रम, अन्तर्वार्ता, छलफलमार्फत युवा वर्गको शान्ती प्रती कस्तो धारणा रहेछ भन्ने जानकारी लिएका थिए । जात, सम्प्रदाय, धर्म र रंग्को हिंसा सँग केही सम्बन्ध हुँदैन भनी ग्लोबल पीस चेनको टिम संयुक्त राष्ट्रसंघमा प्रस्ताव दर्ताका लागि युवा हस्ताक्षरहरु सँकलन पनि गरिरहेको छ । आजको नेपाल समाचार पत्रमा खबर छ

नेपाली प्रतिनीधी यूवाका प्रतिनीधीहरुले शान्तीका लागि नीती तथा कार्यक्रम मात्र भएर नहुने यस्को प्रभावकारी कार्यन्वयन हुन सकेमा मात्र शान्ती स्थापना गर्नको लागि सहयोग पुग्ने धारण राखेका थिए ।

पाकिस्तानी यूवा प्रतिनीधी र नेपाली यूवा प्रतिनीधीको सहकार्यबाट शान्ती स्थापना गर्नको लागि दूई पक्षले ज्ञान शिप अनुभवहरु कसरी प्रयोग गरेर देशमा यूवावाट शान्ती स्थापना गर्नको लागि कसरि योग्दान पु¥याउन सकिने विषयमा अनुभव साटासाट गर्ने मौका समेत पाएका थिए । सहभागीहरुले शान्ती कायम गर्नको लागि आफ्नो पेसावाट सबै आम नागरिक लाग्नुपर्ने, शान्ती स्थापित गर्नको लागि सरकारको मात्र जिम्मेबार नभएर सवै नागरिको दायित्व भएको बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्