डुंगा दुर्घटना अपडेट- दुईजनाको शव भेटियो, तीनजना अझै बेपत्ता



गौर : रौटहतमा डुंगा दुर्घटनामा बेपत्ता भएका दुईजनाको शव भेटिएको छ । भारतको विहार जिल्लास्थित जमुवाघाट नजिकबाट गौर नगरपालिकाका–४ का ६५ वर्षीय शान्ति देवी शाह र औरहियाकी ३५ वर्षीय रुनादेवी पटेलको शव भेटिएको प्रहरीले जनाएको छ ।
डुंगा दुर्घटनामा हराइरहेका तीनजना अझै बेपत्ता छन् ।इन्दुदेवी पटेल, उश्मा पटेल, ओमप्रकाश चन्द्रवंशी अझै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।   डुंगामा रहेका २४ को जीवितै उद्वार गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्