१३ र १५ गते विजोर नम्बरका सवारी मात्र चलाउन पाइने



१० भदौ, काठमाडौं । आगामी बुधबार र शुक्रबार काठमाडौं उपत्यका विजोर नम्बरका सवारी मात्र गुडाउन पाइने भएको छ । १४ गते भने जोर नम्बरमा गुड्नेछ चौथो बिमस्टेक सम्मेलनमका क्रममा १३, १४ र १५ गते तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय भएको छ । नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ९१,३,५,७,९० भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।

१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ९०,२,४,६,८० भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।अनलाइन खबर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्