सुनचाँदीको भाउ बढ्यो



काठमाडौं – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ ।

सुन तोलामा ६ सय रुपैयाँ बढेर ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो महिनाको सुरुदेखि नै घटेको सुनको भाउ आइतबार भने बढेको हो । गएको शुक्रबार सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आइतबार तोलाको ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्