अलमल्लमा स्थानीय तह



सौघाली खबर

श्रावण २, २०७४

 


स्थानीय निर्वाचनमार्फत ६ प्रदेशका ६ सय १६ गाउँरनगरपालिकामा जनप्रतिनिधि बहाल भइसकेका छन । २ सय ८३ गाउँरनगरपालिकामा चुनाव भएको दुई महिना र ३ सय ३४ गाउँरनगरपालिकामा चुनाव भएको एक महिना बितिसकेको छ । मतगणना विवाद भएको चितवनको भरतपुर महानगरपालिकाबाहेकमा स्थानीय तहमा जनप्रतिनिधिले काम पनि थालिसकेका छन । पुनस्संरचना गरेर अधिकार सम्पन्न बनाइएका स्थानीय तह सञ्चालनको नौलो अभ्यास भइरहेका बेला कार्य जिम्मेवारी र वित्तीय अधिकारलगायतका विषयमा स्पष्ट व्याख्या गर्ने कानुन नै नभएर जनप्रतिनिधिहरू भने अलमल्लमा रहेका छन । स्थानीय तहमा जनप्रतिनिधि बहाल भए पनि कानुन नभएर यसरी अन्योल उत्पन्न हुनुमा विधेयक तयार तथा संसद्मा पेस गर्ने सरकार र प्रक्रिया र्पुयाएर पारित गर्ने संसद्को कमजोरी देखिएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्