आर्थिक

एएफसी छनौट चरणमा आज नेपाल उज्वेकिस्तानसँग भिड्दै

By थाहा अनलाइन

July 17, 2017

सौघाली खबर साउन २

 

एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरण अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानसँग खेल्दैछ । युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार भरे बेलुका सवा ८ बजे खेल शुरु हुनेछ । नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि उज्वेकिस्तानलाई हराउनै पर्ने दबाब छ । तर शनिबार भएको पहिल्लो खेलमा युइर्एसँगको ५–० गोलको फराकिलो अन्तरको हारले छनोट हुने सम्भावना न्यून बनेको छ । अंक तालिकामा नेपाल गोल अन्तरका आधारमा अन्तिम स्थानमा छ भने उज्वेकिस्तान दोस्रो स्थानमा छ ।