आईसीसी एसिया यू–१९ छनोटमा सिङ्गपुरसँग नेपालको जीत



सैघाली खवर
काठमाडैँ २, साउन । आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा नेपालले सिंगापुरमाथि ४ विकेटको संघर्षपूर्ण जीत निकाल्दै विजयी शुरुवात गरेको छ । सिंगापुरले प्रस्तुत गरेको ७४ रनको झिनो स्कोर पछ्याउन नेपाललाई हम्मेहम्मे परेको थियो ।

सिंगारपुर क्रिकेट क्लबमा सोमबार भएको खेलमा नेपालले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्ता दिएको थियो । नेपाली बलरहरुको उत्कृष्ट बलिङ अगाडी सिंगापुरका ब्याटस्म्यानहरु निरिह देखिएका थिए ।

पहिले ब्याटिङ गरेको सिंगापुरले २९ ओभरमा अलआउट हुँदै ७३ रन मात्र बनाउन सक्यो । कुनै बेला २६ रनको स्थितिमा ७ विकेट गुमाइसकेको सिंगापुरका लागि पुछारका ब्याटस्म्यान ब्रिगु ऐयरले ४२ रन बनाएपछि स्कोर सम्मानजनक देखिएको थियो ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ५ विकेट लिँदै सिंगापुरको ब्याटिङक्रमलाई ध्वस्त बनाएका थिए । उनले ८ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चे । त्यस्तै शहाब आलमले ३ तथा किशोर महतोले दुई विकेट लिए ।

झिनो लक्ष्य पाएको नेपालको पनि शुरुवात राम्रो हुन सकेन मात्र ९ रनको स्कोरमा नेपालले दुवै ओपनारलाई गुमाउन पुग्यो । त्यसलगतै दिपेन्द्रसिंह ऐरलाई २ रनमा गुमाएपछि नेपाल दबाबमा आएको थियो । तर, प्रनित थापा मगरले २३ तथा अनिल साहले २३ र १९ रन बनाएपछि नेपालको पारी सम्हालिएको थियो । दुवै आउट भएपछि रोहित कुमारले ११ तथा पवन शर्राफले ४ रन बनाएर नटआउट रहँदै नेपाललाई जित दिलाए । नेपालले मात्र १७.३ ओभरमा सिंगापुरको लक्ष्य भेटाएको थियो ।

सोमबारको अर्को खेलमा अफगानिस्तानले पनि विजयी सुरुआत लियो । मलेसियालाई आठ विकेटले हराउँदै बलियो मानिएको अफगानिस्तान विजयी भएको हो । पहिलो ब्याटिङ गरेको मलेसियाले प्रस्तुत गरेको ५३ रनको लक्ष्य अफगानिस्तानले ५.५ ओभर मात्र दुई विकेटको क्षतिमा पछ्यायो ।

राउन्ड रोबिन लिगको आधारमा प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आर्यसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्