सोमवारे ब्रतमा भक्तनजको घुइचो



सैघाली खबर ,दाङ,   २ साउन।
दाङ लगाएत उपत्यकाका शिव महादेवको मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको आज बिहानैदेखि घुईंचो लागेको छ । साउने सोमबारलाई मध्यनजर गर्दै दाङको कालीका मन्दिर , कृष्ण मन्दिर घोराहिको अम्विकेशोरी ,धारापानी लगाएतका शिव जिका अन्य मन्दिरहरुमा घुइचो देखिन्छ।। हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत लिने गर्छन् ।

साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने लोक मान्यता छ ।

साउन लागेपछि प्रायः हिन्दु धर्मावलम्बी महिलाहरु रातो, हरियो पहिरनका साथ चुरा र मेहन्दी लगाएर धार्मिक कार्यमा लाग्ने प्रचलन छ । यो महिना मेहन्दीको व्यापार राम्रो हुने गरेको छ । विशेष गरी हिन्दू धर्मालम्बी विवाहित महिलाहरुले साउन महिनामा हरियो, पहेंलो रंगको चुरा र मेहेन्दी लगाउने गरे पनि पछिल्लो समय अविवाहित र अरु धर्मका महिलाहरुले पनि लगाउने गरेपछि यसको व्यापार बढेको हो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्