अपराध

टमार ल्याउन हिडेकी बालिका मृत अबस्था फेला

By थाहा अनलाइन

August 27, 2018

 

 

पोखरा ११ भदौ, पोखरा । पोखरा महानगरपालिका– १९ लामाचौरचोककी १३ वर्षीया पुष्पा केसी सुस्त मनस्थितिकी थिइन् । उनी घरबाट विद्यालय र विद्यालयबाट घर भन्दा बाहिर कहिल्यै एक्लै गइनन् । घर बाहिर जानु परे बुबा वा आमासँगै जान्थिन् । एक डेढ सय मिटर पर रहेको किराना पसलमा जानु पर्दा पनि बहिनी दिया साथी चाहिथ्यो ।तर शुक्रवार आमाले टमाटर लिएर आएनू भन्नु भएको छ भन्दै बसबाट झरेकी उनी कहिल्यै फर्किनन् ।

 

न टमाटर ल्याइन् न उनी घर फर्किईन् । बरु भोलिपल्ट बेलुका लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा शव भेटियो ।मेरी छोरीको हत्या नै भएको हो, कसैले ललाईफकाई लगेर वलात्कार प्रयास गर्दा नमानेपछि हत्या गरेको हो भन्ने मलाई लाग्छ गोमा घटना भएको करीब ४ दिन बित्दा पनि पुस्पाको मृत्यु कि हत्या भन्ने खुलेको छैन । हत्या कसरी भयो भन्ने वारेमा प्रहरीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।