धापासी जेसिसको प्रशिक्षण



काठमाण्डौ ११ भदौ । धापासी जेसिसको आयोजना एक दिने प्रशिक्षण कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको छ । प्रशिक्षणका क्रममा संसद बैठकमा अपनाईने नियम उदेश्यका बारेमा जानकारी प्रदान गरिएको थियो ।

बैठकमा नेपाल जेसिसका राष्ट्रिय कार्यकारी उपाध्यक्ष जेसी पदम बिश्वकर्मा, नेपाल जेसीसका राष्ट्रिय उपाध्यक्ष पदम बिक्रम सिंह, उपाध्यक्ष जेसी रविन पोखे्रल तथा ट्रेनिङ्ग कमिसनर जेसी अनिल बहादुर शाहीको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बालाजु जेसिस, थानकोट जेसी एवं अन्य कर्पोरेट क्षेत्रका ब्यक्तित्व हरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको प्रशिक्षणमा राजाबाबु साह रहनु भएको थियो ।धापासी जेसीसका अक्ष्यक्ष शुशिल बुढाथोकीले जानकारी दिनु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्