अपराध

कल्भर्टमा भ्वांङ परेको १० महिना भयो, बनाउने छाँटकाँट छैन

By थाहा अनलाइन

August 27, 2018

बिष्णुकुमार देवकोटा दाङ भदौ ११ घोराही उपमहानगरपालिका वडा नं १६ तेरैटेस्थित ग्रमिण सडमा निर्माण गरिएको कल्भर्टमा ठूलो भ्वांङ परेतापनि सम्बन्धित निकाय मौन हुँदा दैनिक यात्रा कस्टकर बनेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार ७ बर्ष अघि बनेको कल्भर्टमा आधा कल्भर्ट ढाक्नेगरी गोलो ठूलो भ्वाङ परेको स्थानीय सुदन चौधरीले जानकारी दिनुभयो । “दैनिक जसो स्कूलका बसहरु, टिप्पर, मोटरसाइकल तथा अटोहरु आवतजावत गर्दा दुर्घटनाहुने संभावना रहेको छ कति मोटरसाइकलहर त उछिट्टिन्छन्” स्थानीय जिउरली चौधरीले भन्नुभयो । “थोरै बिग्रदा बनाएपो हुन्छ” चौधरीले भन्नुभयो । “चुनावका बेला सबै गर्छु भन्थे अहिले त नाक,मुख,आँखा कान केहि पनि देखिंदैन ” स्थानीय युवा राम बहादुर चौधरीले भन्नुभयो । “तपाईहरुले समाचार लेखेपछि केहि हुन्छ की” चौधरीले भन्नुभयो । अबिलम्ब सो कल्भर्टको मर्मत गर्न स्थानीयले माग गरेका छन् ।