दाङ,११ भदौ । पश्चिम दाङमा एक कार्यालय सहयोगी कुटिएका छन् । तुलसीपुर उप–महानगरपालिका १ स्थित उच्च मावि भमकेका कार्यालय सहयोगी जीतबहादुर केसी कुटपीटमा परेका हुन । केसीमाथि हिजो राति ९ बजेको समयमा इटटाले हानेर भागेको नेपाली कांग्रेस पवन नगर दाङद्धारा जारि विज्ञप्तिमा भनिएको छ ।
कुटपिटको विरोधमा साविक नेपाली काँग्रेस पवननगर गाविसले विरोध गरेको छ । पवन नगर गाविस सचिव लोकराज भुषलले एक विज्ञप्ती जारी गर्दै उक्त घटनाको विरोध गर्नु भएको छ । भुषालद्धारा जारी विज्ञप्तीमा घाईते केसीको औषधी उपचारका लागि स्थानीय प्रशासन संग माग गरेको छ । साथै घटनामा संलग्नको खोजी कार्यगरी तत्काल कार्वाहीको समेत माग गरिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।