दाङ,१२ भदौ । राप्ती उपक्षेत्रीय अस्तालको स्वास्थ्य सेवालाई साधुर गर्न अधिकारकर्मीहरुले आग्रह गरेका छन । उपक्षेत्रीय अस्पतालको स्वास्थ्य सेवा दिनप्रतिदिन खस्दै गएको र विशेषज्ञ डाक्टहरु नहुदा विरामीहरु उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको भन्दै सरोकारवाला निकायहरुले अस्पतालमा अनुगमन गरि प्रशासनलाई स्वास्थ्य सेवा सहज बनाउन आग्रह गरेका हुन ।
नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको नेतृत्वमा गएको अनुगमन टोलीले अस्पतालमा अनुगमन गरेको थियो । त्यसक्रममा अस्पतालमा बिशेषज्ञ डाक्टहरु कार्यकक्षमा नभेटिएका,अस्पतालका वर्डहरु खालिरहेको,अस्पतालमा फोहोर व्यवस्था सहि रुपमा हुन नसकेको,जथावाभी रुपमा पार्किङ गरिएको पाइएको नागरिक समाज दाङका संयोजक पन्तले जानकारी दिए । ‘अनुगमनका क्रममा अस्पतालको अवस्था अत्यन्त कमजोर देखियो,विरामीहरुले सहज रुपमा उपचारसमेत पाउन सकेका छैनन’,संयोजक पन्तले भने,‘सेवालाई प्रभावकारी बनाउन मेसुलाई आग्रह गरेका छौँ।’ विशेषज्ञ डाक्टरको व्यवस्था गरि जनताहरुलाई स्वास्थ्य स्ेवा जिल्लामै उपलव्ध गराउन पन्तले आग्रह गरे ।
सरोकावालासँगको भेटमा राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेसु डा. जनार्दन पन्थीले अस्पतालको स्वास्थ्य सेवा सुधारका लागि आफु लागिरहेको बताए । उनले उपक्षेत्रीय अस्पतालको स्वास्थ्य सेवा सुधारका लागि सवैको सहयोग आवश्यक रहेको समेत बताए । मेसु पन्थीले अस्पतालमा १ सय २१ ज्नाको दरवन्दी रहेपनि अहिले ७९ जना मात्र कार्यरत रहेको जानकारी दिए ।
अनुगमनमा वडा नं.१४ का वडाअध्यक्ष शक्तिराम डागी, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, मानवअधिकार सञ्जाल दाङका संयोजक केशव शर्मा,मानवअधिकारकर्मीहरु श्रीमण न्यौपानेलगायतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।