प्रकाण्डको रिहाईको माग गृह–जिल्ला कालिकोटमा प्रर्दशन



 

कालिकोट १२ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको रिहाईको माग गर्दै गृहजिल्ला कालिकोटमा विरोध प्रर्दशन सुरु भएको छ । प्रकाण्ड जन्मेको गाउँ माल्कोटका स्थानीयबासी वर्षाको झरीको वास्ता नगरी सडकमा निस्किएका छन् । सरकारले झुटो मुद्दा लगाएर प्रकाण्डलाई बाराम्बार गिरफ्तार गरेको भन्दै स्थानीयबासीले रिहाईको माग गर्दै विरोध प्रदर्शनमा उत्रेका हुन् ।

नरहरिनाथ गाँउपालिका–६ माल्कोटका स्थानीयबासी केही दिनदेखि विरोध प्रदर्शनमा उत्रिरहेका छन् । सोमबार भएको प्रदर्शनमा नेकपाका कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसी, कर्णाली ब्यूरो सदस्य कर्णबहादुर भण्डारी, जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदीपलगायत नेताहरुको पनि सहभागिता रहेको थियो ।

 

विरोध प्रदर्शनपछि माल्कोटमा आयोजित कोणसभालाई सम्बोधन गर्दै बिसीले प्रकाण्डलाई बारम्बार गिरफ्तार गरेर देशर्ला नयाँ युद्धमा सफाउन खोजेको बताए । उनलेसंघर्षका कार्यक्रमलाई बेवास्ता गरी सरकारले प्रकाण्डलाई रिहा नगरे जनताको भेलले खोसेर ल्याउने चेतावनी पनि दिए । माल्कोट, संघर्षको अर्को नाउ हो । जनयुद्धको क्रममा महिलाहरुले प्रहरीका हतियार खोसेका थिए । पछिल्लो चुनाव बहिस्कार अभियानमा शून्य मतदान गर्नुको साथै स्थानीयले प्रतिरोध गरेका थिए । सोही क्रममा एक जनाका ज्यान गएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्