करेन्ट लागेर मृत्यु भएका चौधरीको परीवारलाई पाँच लाख राहत



दाङ, १२ भदौ ,रासस। कामको सिलसिलामा करेन्ट लागेर मृत्यु भएका कार्यालय सहयोगीको परिवारलाई विद्यालयले रु पाँच लाख राहत उपलब्ध गराएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ स्थित अमर माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय जोगिलाल चौधरीको सोमबार मृत्यु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिको बैठकले चौधरीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरिएको प्रधानाध्यापक पदमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । चौधरीको परिवारका एक सदस्यलाई विद्यालयले रोजगारीसमेत दिने भएको छ । चौधरीको उरहरी चोकमा ब्यानर टाङ्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्