अभिमत

“अटो तथा टेम्पोको भाडादर कायम भएको छैन”– तिलक बिक

By थाहा अनलाइन

August 28, 2018

बिष्णुकुमार देवकोटा दाङ भदौ १२

दाङ जिल्लामा संचालित अटो तथा टेम्पोहरुको भडादर हाल सम्म कायम नभएको खुलासा भएको छ । लालीगुराँस टेम्पो प्रालि का अध्यक्ष तथा यातायात व्यवस्थापन उपसमितिका समेत प्रतिनिधिरहनुभएका तिलक बिकले सैघाली खअबर संग प्रत्यक्ष कुराकानी गर्दे यस्तो खुलासा गर्नुभएको हो ।

तर अटो तथा ट्याम्पो व्यवसायीहरुले घोराही क्षेत्रमा बैज्ञानिक भाडादर कायम गन भने सहमती जनाएका छन् । केहि हप्ता अघि बसेको यातायात व्यवस्थापन समितिले प्रत्येक २ किमि मा प्रतिव्यक्ति रु.२० र थप एक किमि बापत रु.१० लाग्ने गरी घोराही मा संचालनमा रहेका अटो तथा ट्याम्पो हरुको भाडादर निर्धारण गरेको थियो । तर लगत्तै अटो तथा ट्याम्पो व्यवसायीहरुले बिज्ञप्ति जारी गर्दे सो भाडादर आफुहरुलाई मान्य नभएको भन्दै नयाँ भाडादर आफु खुसी तोकेका थिए । “हामि सेवा दिन तयार छौं , तर बैज्ञानिक भाडादर कायम हुनु पर्छ” बिकले भन्नु भयो ।

“व्यवसायी र यात्रु दुवैको उच्चतम हित र सेवा लाई ध्यानमा राखि भाडादर कायम हुनुपर्छ ” बिकले भन्नुभयो । टेम्पो तथा अटो व्यवसायीहरुको माग लाई सम्बोृधन सम्बन्धित निकायहरुले गर्नुपर्ने बिकको भनाई छ । “ घोराही उपमहानगरपालिका संगको समन्वयमा एक प्रकारको सहमति भएको छ , र प्रारम्भिक भाडादरको बिषयमा सहमती भएको छ ” बिकले भन्नु भयो । लाइसेन्स समयमा नखुल्नु, ट्रापिक प्रहरीको लाइसेन्स नभएपछिको कार्वाहि तथा आवस्यक अनुगमन र तालिम नहुँदा अटो तथा टेम्पो व्यवसायीहरुले समस्या भोग्नुपरेको बिकाको दावी छ ।

(बिक संग गरिएको कुराकानी हेर्न सैघाली अनलाइन टिभीमा हेर्न सकिन्छ)