तुलसीपुर, १२ भदौ ।
तुलसीपुर उपमहानगरपालिका ३ मा जलवायू परिबर्तन सम्बन्धि तालिम शुरु भएको छ । दलित सेबा संघ दाङ र बिकाश कोष नर्बेको आर्थिक सहयोगमा तालिम शुरु भएको हो । बिभेदमा पारिएको समुदायको जिबिकोपार्जन सुधार गर्न तालिम आयोजना गरिएको हो । जलबायु परिबर्तन र बिपद जोखिम ब्यबस्थापन कार्ययोजना निर्माण सम्बन्धी तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
जलबायु परिबर्तन र अन्य प्रकोपलाइ स्थानीय तहबाट कसरी न्यूनीकरण र अनुकुलन गर्न सकिन्छ भन्ने उदेश्यले कार्यक्रम सुरु भएको हो ।
तालिमको एक कार्यक्रमका बीच उद्घाटन गरिएको थियो । इस्वरी बिकको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण
छवि परिबारले गरेका थिए ।
तुलसिपुर उपमाहानगरपालिका वडा न १३ का अध्यक्ष डम्बर न्यौपानेको प्रमुख अतितिथ्यमा भएको कार्यक्रममा दलित सेबा सङका केन्द्रीय उपाध्यक्ष टंक बिश्वकर्माको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा मझघटुवा, रनियापुर र गिधनिँयाका कृषक, जनप्रतिनिधी , समाजसेबी, बुद्दिजिबीलगायत २५ जनाको सहभागिता रहेको छ ।
पहिलो दिनमा कृषि प्राबिधिक राजेश कँुबर र टंक बिश्वकर्माले जलबायु परिबर्तन, त्यसका कारण, असरहरु, न्यूनीकरण एबम अनुकुलनका विशेष अभ्यासका बारेमा सहभागीहरुसङ समुहगत छलफल गरेका थिए । तीन दिन चल्ने उक्त कार्ययोजना निर्माण गोष्ठीमा स्थानीय अनुकुलन योजनाको ढाचा तयार पारिने छवि परियारले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।