नेकपा दाङको अध्यक्षमा  आचार्य यस कारण सिफारिसमा परे 



  दाङ, भदौ १३ । एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश जिल्ला समिति टुंगो लगाउने कार्यले तीब्रता पाइरहेको छ । यही भदौ १९ र २० गते बस्ने स्थायी कमिटीको बैठकबाट देशभरका सबै कमिटि र जनवर्गीय संगठनका कमिटि टुंगो लगाउने तयारी भइरहेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

गत भदौ ८ र ९ गतेका लागि स्थायी कमिटि बोलाइएकोमा प्रदेश १ र २ बाट जिल्ला कमिटिहरुको नामावली सिफारिसमा ढिलाई भएका कारण भदौ १९ र २० गतेका लागि स्थायी कमिटिको बैठक बोलाइएको महासचिव पौडेलले जानकारी दिनुभयो । स्थायी कमिटिको बैठकमा पेस गर्ने गरी प्रदेश तहमा गठित कार्यदलले सिफारिस गरेका नामलाई टुंगो लगाउन अध्यक्षद्वय लागिरहेको उहाँले बताउनुभयो ।  विवादरहित तरिकाले जिल्ला नेतृत्व टुंगो लगाउन आफूहरु लागिपरेको पौडेलले जानकारी दिनुभयो । जिल्ला नेतृत्व टुंगो लगाउनका लागि प्रदेश तहमा कार्यदल गठन गरेर जिम्मा लगाएको भन्दै पौडेलले कार्यदलबाट सर्वसम्मत आएका नामलाई अन्तिम रुप दिने बताउनुभयो ।

 

दाङमा यस कारण आचार्य  नेकपाको जिल्ला नेतृत्व टुंगो लगाउन गठित प्रदेश ५ को कार्यदलले प्रदेशका बाँके र प्यूठान बाहेक सबै जिल्लामा सर्वसम्मत नाम सिफारिस गरेको छ । ७ जिल्लामा पूर्व एमाले र ५ जिल्लामा पूर्व माओवादी केन्द्रले नेतृत्व लिने गरी सहमति कायम भएकै आधारमा दाङमा एमालेका पुराना नेता शिवकुमार आचार्यको नाम सर्वसम्मत सिफारिस भएका कारण पनि आचार्यको विकल्पमा अर्को व्यक्ति नेतृत्वमा आउने कुनै सम्भावना नरहेको कार्यदलका एक सदस्यले बताए ।

विवादरहित ढंगले नेतृत्व टुंगो लगाउने तयारीमा अध्यक्षद्वय लागिपरेको उनले बताए । एकल सिफारिस भएका जिल्लामा नाम परिवर्तन गर्दा अन्य जिल्लामा पनि विवाद सिर्जना हुँदा एकता प्रक्रियामा समस्या उत्पन्न हुने भन्दै एकल सिफारिस भएका जिल्लामा नाम कुनै पनि हालतमा परिवर्तन नहुने उनले दावी गरे ।

प्रदेशका सबै जिल्लाबाट सर्वसम्मत नाम सिफारिस गर्न कार्यदल लागिपरेको समयमा शिर्ष नेताहरुकै दवावमा बाँके र प्यूठानमा २ वटा नाम सिफारिस भएको उनले खुलासा गरे । बाँके र प्यूठानमा आफू अनुकूलको नेतृत्व बनाउन चाहेका शिर्ष नेताहरुले नाम नआएमाकठिनाई हुने भन्दै नाम थप्न लगाएको उनले बताए । कार्यदलले बाँकेमा अक्कलबहादुर बम र प्यूठानमा तुलसीराम शर्माको नाम सर्वसम्मत सिफारिस गर्ने तयारी गरिरहेको समयमा शिर्ष नेताहरुकै दवावमा बाँकेमा प्रकाश सुवेदी र प्यूठानमा धनबहादुर रायमाझीको नाम थपेर पठाएको पनि उनले बताए ।

नाम नआएमा कठिनाई हुन्छ भन्दै शिर्ष नेताहरुबाटै आफू अनुकूलको नाम सिफारिस गर्न दवाव दिनुले पनि के प्रमाणित हुन्छ भने दाङमा एकल सिफारिस भएको पुराना नेता आचार्यको बिकल्पमा अर्को नेतृत्व आउने सम्भावना देखिदैन । रातारात विवाद सिर्जना दाङ सहित प्रदेशका केही जिल्लामा विवाद सिर्जना भएको भ्रम फैलाउने कार्य भएको भन्दै कार्यदलका एक सदस्यले बाहिर आए जस्तो कुनै विवाद नभएको बताए ।

जिल्लामा जातीय नारा लगाएर आफूलाई पनि विवादित बनाउने कोसिस भएको स्मरण गर्दै पूर्व एमाले दाङका उपाध्यक्ष हुकुम बस्नेतले कार्यदलको सिफारिस अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।  जिल्लाको नेतृत्वको विषयलाई लिएर काठमाडौंमा नेताहरुको दैलो चहार्ने कार्य भइरहेको भन्दै बस्नेतले त्यस खालको गलत कार्यमा आफू नलागेको पनि बताउनुभयो । पार्टी बनाउने बेलामा जातीय नारा लगाएर विवाद सिर्जना गर्नु उपयुक्त नहुने बस्नेतले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्